माग पूरा गराउन विद्यालय बन्द गरेमा कारवाही हुने पोखरा महानगरको चेतावनी
पोखरा
आफ्ना माग पूरा गराउन विद्यालय बन्द गरेको पाइए कारवाही गर्ने पोखरा महानगरले चेतावनी दिएको छ ।
महानगरले आज एक सूचना जारी गर्दै पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरू बिना सूचना बन्द गरेको भन्दै सम्बन्धित पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । महानगरले बन्द गरिएका विद्यालयलाई अविलम्ब यथावतरुपमा गराउन पनि निर्देशन दिएको छ ।
सूचनाअनुसार यदि कोही कसैले आफ्ना माग राख्ने बहानामा विद्यालय बन्द गरेको पाइएमा सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार महानगरले कारबाही गर्नेछ । सामुदायिक विद्यालयसँग सम्बन्धित कर्मचारीले बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आजदेखी अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेका थिए ।सरकारले वार्ता टोली गठन गरि संवादको वातावरण तयार गरेको भन्दै आन्दोलनरत नेपाली विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्द कार्यक्रम फिर्ता लिएको छ ।