दुर्गम बुलिङटार अर्खलामा झोलुंगे पुल निर्माण 



पोखरा

दुर्गम क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खलामा झोलुंगे पुल निर्माण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले शनिबार दिउँसो एक कार्यक्रम आयोजना गरेर पुलको उद्घाटन गरे ।बुलिङटार गाउँपालिकाको देउसत खोलामा ३८ लाखको लागतमा ७१ मिटर लामो पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माण समितिका अध्यक्ष भूपाल लंगेलीका अनुसार यस क्षेत्रमा कार्यरत हिकोडेफ नामक गैरसरकारी संस्थाले पुलको सर्भे र डीपीआर तयार गरेको थियो ।

देउसत खोलामा पुल निर्माण भएपछि अर्खला र घरेलुडाँडाका स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् ।पुल नबन्दा स्थानीय बासिन्दाहरूलाई वर्षातमा देउसत खोला तर्न निकै कठिन हुने गरेको थियो । पुल निर्माणले बाटो छोटिनुका साथै अर्खला र घरेलुडाँडा गाउँका २ सय १५ परिवार १३ सय मानिस लाभान्वित भएको बताइएको छ । ७१ मिटर लामो यो पुलको चौडाई १ सय ६ सेन्टिमिटर फराकिलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja