रुसी सेनामा थप ३ नेपालीको मृत्यु….



रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन् । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन आफूहरुलाई प्राप्त भएको सार्वजनिक रूपमै बताइसकेका छन् । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ना हुन नेपालका करिब २०० जना भर्ना हुन गएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja