पोखराको फिर्केपुलबाट खस्यो मोटरसाइकल, २ जना घाइते
पोखरा
पोखरा महानगरपालिका वडा नं. ४ फिर्केपुलबाट मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा गएराति से ७प ५२०८ नम्बरको मोटरसाइकल खसेको छ ।
सो दुर्घटनामा बाजुरा घर भएका वर्ष २७ का सुरज बुढा र बागलुङका २१ वर्षका मनिष नेपाली दुई जना घाइते भएका छन् ।उनीहरुको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकका अनुसार मोटरसाइकल चालक बुढाले मादक पदार्थ सेवन गरेको पाइएको छ ।