पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
पोखरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको २ हजार ६ सय पिसिआर परीक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।