मङ्कीपक्सका संक्रमित भेटिएको अवस्थामा नाकामा विशेष कडाइ गर्नुपर्ने माग



पोखरा

नेकपा एमाले सांसद योगेश भट्टराईले मङ्कीपक्स र उपत्यकामा देखिएको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

संसदको विषय समयमा भट्टराईले नेपालसँग खुला सीमा रहेको भारतमा पनि मङ्कीपक्सका संक्रमित भेटिएको अवस्थामा नाकामा विशेष कडाइ गर्नुपर्ने माग गरे ।उनले काठमाडौंको देखिएको हैजा रोकथाम र मङ्कीपक्स प्रवेश हुन नदिनका लागि सरकारले चलेको कदम बारेमा संसदलाई जानकारी गराउनु पर्ने माग गरे ।

‘मङ्कीपक्सलाई डब्लूएचओले अलर्ट घोषणा गरिसकेको छ । तर हाम्रोमा कुनै प्रकारको सचेतना अपनाएको देखिँदैन । सीमामा कुनै पनि प्रकारको चेक छैन,’ भट्टराईले भने, ‘भारतमा चार जना संक्रमित भेटिसके । भारतसँग हाम्रो खुला सीमा छ । हामीले सचेत हुनुपर्छ । नाकाहरूमा निगरानी बढाउनुपर्छ ।’

भट्टराईले विकसित देशलाई समेत मङ्कीपक्स हायलकायल पारेको अवस्थामा यो नेपालमा फैलिएर रोक्नका लागि कठिन हुने बताए । त्यसैगरी काठमाडौं उपत्यकामा अहिलेसम्म ३४ जना हैजाको रोगी भेटिएको भन्दै यो सामुदायिकस्तरमा पुगिसकेको बताए ।

‘डब्लूएचओले हैजाका एक जना रोगी भेटियो भने पनि त्यसलाई स्थानीयस्तरमा फैलिएको महामारी भन्ने गरेको छ । काठमाडौं उपत्यकामा ३४ जना भेटिसक्यो यो समुदायमा फैलिएसकेको देखिन्छ,’ भट्टराईले भने, ‘हैजा महामारीका रूपमा लिने सम्भावना छ । यसको नियन्त्रणका लागि सरकारले केही गरेको छैन । यस विषयमा सरकारले संसद्लाई जानकारी गराउनुपर्‍यो।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja