पोखरामा बालिकाको मुन्द्रा चोरी कार्यमा संलग्न ३ जना पक्राउ



पोखरा

गत चैत्र १ गते पोखरा महानगरपालिका -१ टुंडिखेलस्थित राष्ट्रिय माविमा अध्ययनरत दुई जना बालिकाकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा कास्की प्रहरीले एक युवती र दुई सुन पसलका संचालकसहित सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा घर भइ पोखरा-१५ घलेचोक नयाँगाउ मार्ग बस्ने अम्बिका पुलामी मगर, पोखरा-२३ घर भई पोखरा-१७ राष्ट्र बैंक चोक बस्ने ६४ वर्षीय थमन सिंह विश्वकर्मा र पोखरा-२१ निर्मल पोखरी घर भई पोखरा-१ भैरवटोल बस्ने २७ वर्षीय निशान विश्वकर्मा रहेका छन् ।

अम्बिका पुलामीले २  नाबालिकाहरुले कानमा लगाएको २ जोर मुन्द्रा  चोरी गरी १ जोर मुन्द्रा  राष्ट बैंक चोकमा रहेको रोयल पञ्चासे सुन चाँदी पसलका सञ्चालक थमन सिंहलाई रु पाँच हजार ९०० मा बेचेको र थमनले पोखरा -१७ स्थित नितिशा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक नितेश विश्वकर्मालाई रु सात हजार ९०० मा बेचेको भनी खुलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ७.६ लाल तौलका सुन जस्तो देखिने पहेँलो धातुले बनेको स-साना मुन्द्राका टुक्राहरू वरामद गरेको छ। पुलामी सोही प्रकृतिको अपराधमा संग्लग्न भई कास्की जिल्ला अदालतबाट गत पौष ५ गते एक लाख धरौटी तिरेर छुटेको कास्की प्रहरी प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनीहरुमाथि चोरी तथा डाँका कसुरमा जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सुन्दर तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja