पोखरामा नगर बस दुर्घटना….



पोखरामा आइतबार दिउँसो ३५ यात्रु सवार नगरबस दुर्घटनामा परेको छ ।
छोरेपाटनबाट पोखरा २२ मा शान्तिस्तुपा हुँदै पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनापछि ३५ यात्रुलाई तत्कालै उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पठाइएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।
घाइते मध्ये ३ यात्रुको अवस्था गम्भीर रहेको र ४ जनाको अवस्था सामान्य जटिल रहेको अस्पताले जनाएको छ । अस्पतालका अनुसार बाँकी २८ जनाको अवस्था सामान्य रहेको छ ।

बस घुम्तीमा ब्याक भएर सडकबाट ५० मिटर तल खसेको सूचना अधिकारी पाठकले बताए ।दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja