पोखराको रानीपौवाबाट १३५ एम्पुल लागु औषधसहित परियार पक्राउ



पोखरा

कास्की प्रहरीले अवैध लागु औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
कास्कीको मादी गाउँपालिका वडा नं -३ घर भइ हाल पोखरा महानगरपालिका -११ रानीपौवा बस्दै आएका २५ वर्षीय राजेन्द्र परियारलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले परियारलाई शंका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट लागु औषध फेनारागन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल र नुर्फिन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja