१७ औं लेखनाथ महोत्सव फागुन २६ गतेदेखि हुने



पोखरा

१७ औं लेखनाथ महोत्सव फागुनमै हुने भएको छ ।

कोभिड संक्रमण केही कम भएपछि यसअघि स्थगित महोत्सव फागुनकै अन्तिम सातादेखि सन्चालन गर्न लागिएको हो । २६ फागुनदेखि ७ चैतसम्म महोत्सव गर्ने गरी मिति तय गरिएको उद्योग बाणिज्य संघले जनाएको छ । सुन्तला मेलाबाट सुरू भएको महोत्सव अहिले गण्डकीकै ठूलोमध्येको महोत्सवका रुपमा विकास भएको छ ।

’महोत्सवमा करिब ३०० स्टल रहनेछ भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवबाट मात्र १० करोडको आर्थिक कारोबार गर्ने संघको अनुमान छ ।

महोत्सवका लागि आठ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय महोत्सव सल्लाहकार समिति, १९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, बेगनासताल परिसरमा डिस्प्ले बोर्ड निर्माण गर्ने काममा खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja