लेकसिटी हस्पिटलका प्रवन्ध निर्देशक डा. बिष्णु नेपालीको निधन
पोखरा
पोखरास्थित लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर सेन्टरका प्रवन्ध निर्देशक डा. बिष्णु नेपालीको निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन निवासी डा. नेपालीको काठमाडौंस्थित ग्राण्डी अस्पताल उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो ।
१४ वर्षदेखि चिकित्सक पेशामा सक्रिय डा. नेपाली केही समयदेखि कलेजो सम्वन्धित रोगबाट पीडित थिए । डा. नेपालीको शव शनिबार विहान मालेपाटनस्थित निवासमा ल्याएर रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ । उनको शवमा बवा टुकलाल नेपालीले दागवत्ती दिएका थिए । डा. नेपालीका श्रीमती र दुई छोरी छन् ।