आज गण्डकीका एकदुई स्थानहरुमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
पोखरा
देशभरको मौसम आज (आइतबार) बदली रही केही स्थानमा वर्षाको सम्भवना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।
अहिले बिहान देशभर सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।