पोखरामा सवारी चेकजाँच गर्ने क्रममा गाँजासहित २ जना पक्राउ
पोखरा
कास्की प्रहरीले सवारी चेकजाँचका क्रममा ४ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो वीरंगजबाट पोखरातर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बस र मंगलबार राति काँकडभिट्टाबाट
पोखरातर्फ आउँदै गरेको लु १ ख ३१५० नं को बसलाई चेकजाँच गर्ने क्रममा २-२ केजी अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका -६ बस्ने ३४ वर्षीय राजु वस्याल र मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका -७ घर बताउने १९ वर्षीय सन्देश तामाङ रहेका छन्।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले वस्याललाई पोखरा महानगरपालिका वडा नं -२५ मझुवा र तामाङलाई पोखरा -३० पावरहाउसबाट पक्राउ गरेको हो।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।