कास्कीका ९० जनासहित गण्डकीका १४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
पोखरा
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार मंगलबार पछिल्लो २४ घण्टामा गण्डकीका ९४१ जनामा गरिएको नमुना परीक्षणमा थप १४८जनामा कोरोना पुष्टि भएको छ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९० जना, तनहुँका ११ जना, लमजुङका आठ जना र नवलपुरका आठ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका १४ जना, पर्वतका दुई जना, बागलुङका सात जना र म्याग्दी जिल्लाका आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार ८२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७९ हजार ३६१ पुगेको छ।
मंगलबार गण्डकीमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं -१० का ३५ वर्षीय पुरुष छन्।
आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३१६ पुगेको निर्देशनालयले जनाएको छ।