कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने निर्णय
पोखरा
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने भएको छ ।
विभागले पेस गरेको राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिकामा भदौ २० गतेदेखि जनगणनासँग सम्बन्धित कामहरु अगाडि बढाउने उल्लेख छ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि भदौ २० गतेदेखि २६ गतेसम्म सुपरभाइजरहरु भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने तथा भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजरहरु घर–घरमा पुगेर सूचीकरणको काम गर्नेगरी कार्यतालिका बनाएको छ।
गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिनेछन् । उनीहरूको तालिमपछि मूल गणना हुनेछ ।
तथ्याङ्क विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो। नेपालमा १९६८ सालबाट जनगणना सुरु भएको हो ।