मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाको फराकिलो जित
पोखरा
शनिबार राति भएको प्रि-सिजनको तयारी अन्तर्गत मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मेम्फिस डीपे, सुफ डेमीर र रिकार्ड पुइगले गोल गर्दै ३-० को सहज जित दिलाएका हुन् ।