ब्याण्ड ‘स्लिपनट’ का पूर्व ड्रमर जोर्डिसनको निधन
पोखरा
अमेरिकी हेभी मेटल ब्याण्ड ‘स्लिपनट’का पूर्व ड्रमर जोय जोर्डिसनको ४६ वर्षको उमेरमा निधन भएको छ ।
उनको के कारणले निधन भएको हो भन्ने परिवारले खुलाएका छैनन् । तर उनको निधनको कारण ‘खाली हृदय र अवर्णनीय दुःखका भावनाहरु’ दाबी गरिएको छ ।
उनको परिवारले जोर्डिसनको शान्त किसिमले अन्तिम श्वास फेरेको उल्लेख गरेका छन् ।
सन् १९९५ ताका स्थापना भएको व्याण्ड ‘स्लिपनट’का संस्थापकमध्ये एक हुन् । यो व्याण्डमा उनीसँग सावन क्रुहन र बाशिष्ट पल ग्रे थिए । यो व्याण्डले स्वः घोषित डेब्यूट एल्बम चार वर्षपछि रिलिज गरेका थिए । जुन एलबम हिट साबित भएको थियो ।
व्याण्डको एलबम विश्वव्यापी रुपमा करोडौं प्रति बिक्री भएको थियो । यूएस चार्टमासमेत सफल भएको एलबमले ‘ग्रामी अवार्ड’ जितेको थियो । यो व्याण्ड फरक किसिमको आक्रामक संगीत शैली र प्रस्तुतिमा डराउने किसिमको मास्क लगाउने समूहका रुपमा परिचित थियो ।
जोर्डिसन यो समूहमा सन २०१३ सम्म मात्र बसे । आफ्नो शरीरमा देखिएको नयाँ रोगका कारण व्याण्ड छोड्नुपरेको उनले खुलाएका थिए ।
–एजेन्सीहरुको सहयोगमा