बिना र रोहनको ‘क्या बबाल’ सार्वजनिक
पोखरा
पोखराबाट संघर्ष गरिरहेका कलाकार रोहन नेपाली र टिकटकबाट आएकी बिना राउत अभिनित म्युजिक भिडियो ‘क्या बबाल’ सार्वजनिक गरिएको छ । मनि खालिङको प्रस्तुतिमा निर्माण भएको गीतलाई खालिङले नै लेखेका हुन् । स्वर भने सुभाष ढुङ्गानाको छ ।
चर्चित संगीतकार हरि लम्सालले संगीत भरेको उक्त गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन् । भिडियोमा सरस्वती श्रेष्ठको शृङ्गार छ । सौरभ लामाले खिचेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् । भिडियोमा कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् ।