बढ्दो महँगी र कालोबजारीको बिरुद्द बिरुद्द अखिल (क्रान्तिकारी) कास्कीद्वारा बिरोध प्रदर्शन
पोखरा
नेकपा निकट बिध्यार्थि संगठन अखिल (क्रान्तिकारी ) कास्कीले बढ्दो महँगी र कालोबजारीको बिरुद्द बिरोध प्रदर्शन गरेको छ ।
हिजो पोखराको मानबअधिकार चोक देखी राज्यले जनतामा अप्रत्याशित रुपमा कालोबजारी, भ्रष्टाचार को अन्त्य भन्दा जनतामा अधिक मुल्यबृद्दी गरेको भन्दै प्लेकार्ड प्रदर्शन र र्याली सहित सरकारले गरेको महँगीका बिरुद्द बिरोध प्रदर्शन गरेको हो ।
पोखराको मानबअधिकार चोक देखी शुरु भएको र्याली बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायत मुल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, गुणस्तरीय खाध्यान्न आपूर्ति गर, बिपन्नलाई सहुलियत कार्डको ब्यवस्था गर, लिपुलेक लिम्पियाधुरा सहितको नक्शा लागु गर अभिवावक माथि प्रकाशनले थोपारेको पुस्तक भार बन्द गर, बिध्यालय स्तरमा राज्यले तोकेको १०% छात्रवृत्ति लागु गर जस्ता दर्जनौ प्ले–कार्ड र नारा सहित महेन्द्रपुलमा पुगेर कोण सभामा परीणत भएको थियो ।
उत्त कोण सभालाई अखिल ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य अटलले सम्बोधन गरेका थिए ।
उनले तमाम समस्याको हल र समाधान बैज्ञानिक समाजवाद नै रहेको उल्लेख गर्दै ब्यत्ति र दल भन्दा संसदीय ब्यवस्था की बैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्न र यसका लागी सबै नागरीकले मत मात्र दिने नभई मताधिकार प्रयोग गर्नुपर्ने तर्क राखे ।
अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरण पुनले कोण सभालाई संचालन गरेका हुन् ।