सफल बार्षिक बिवरण,जोन्टा कल्ब अफ पोखरा,
जोन्टा कल्ब अफ पोखराले दोस्रो ए जि एम मिटिङ सम्पन्न गरेकोे छ । जुम प्रवीधिबाट भर्रचुयल माध्यमबाट सम्पन्न मिटिङको संञ्चालन कल्ब सचिव रोजीना रञ्जीत विजुक्छेले गर्नुभयो । मिटिङमा कोभिड १९ बाट अकालमै मृत्यु हुनु भएकी कल्ब सदस्य सुजता कायस्था, जोशी प्रती श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको समाजीक सेवामा गरेका कार्यहरुको स्मरण सहित सम्मान गरिएको छ । कार्यक्रमा बोल्दै कल्ब अध्यक्ष लिना श्रेष्ठ गोशेलीले कोभिड १९ को दोस्रो लहर निकै नै डरलाग्दो भएर आएकोले सबैलाई सचेत रहन आग्रह गर्नुभयो । साथै अध्यक्ष गोशेलीले कोभीड १९को विचमा पनि २०७७ सालमा कल्ब सदस्यले निकै नै सरानीय काम गरेको प्रती प्रत्येक कल्ब सदस्यलाई धन्यवाद दिदै , कल्ब सधैं नै समाज परिवर्तन र महिला सशक्तिकरणमा सर्मपित भई काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मिटिङमा २०७७ मा कल्बले गरेका कार्यक्रम को प्रगति विवरण पेश गरिएको थियो । कल्बमा कार्यविधी छुट्टाइएका कमिटि मध्यबाट एड्भोकेसि कमिटिबाट कमिटि प्रमुख अञ्जना चापागाई ले प्रगतिविवरण प्रस्तुत गर्नु भएको थियो भने एजुकेशन कमिटिबाट कमिटि प्रमुख मिलन थापाले वर्षभरिको प्रगति वितरण प्रस्तुत गर्नु भएको थियो , त्यसैगरि कम्युनिकेसन एण्ड पि आर कमिटिबाट कमिटी प्रमुख नेलिसा ठकुरीले प्रगतिविवरण पेश गर्नुभएको थियो , भने त्यसैगरि लिडरसिप स्किल कमिटि बाट कमिटि प्रमुख स्वेतापिया ,फाइनान्सीयल कमिटिबाट रिर्पोट कमिटि प्रमुख नम्रता दाहाल, ओ एम सि रिपोट मोनिका थापा र सर्भिस कमिटीबाट कमिटि प्रमुख श्री विद्या कायस्था ले वर्षभरिको प्रगति विवरण पेश गनुभएको थियो ।
जोन्टा कल्ब अफ पोखराले २०७७ साल भरि नै कोभिड संग जुध्दैे लैंगिक हिंसा विरुद्ध को १६ दिने कार्यक्रम, एलो रोज डे, लगाएत विभिन्न विद्यार्थिहरु लाई विभिन्न विषयमा तालीम दिने देखी स्कलरसिप दिएर धेरै विद्यार्थीको र महिलाको जिवन परिवर्तनमा सहयोग गर्ने सहयोगी हात बन्न सफल भएको छ ।