पोखरामा सुतेको कोठामा महिला मृत फेला
पोखरा
पोखरामा एक महिला शुक्रबार बिहान आफूसुत्ने कोठामा मृत फेला परेकी छन् ।
पोखरा-३३ उपल्लो पुडी निवासी ४२ वर्षीया हरिमाया पुन आफ्नै घरभित्रको सुत्ने कोठाको खाटमाथि बिहान ८.४५ बजे मृत फेला परेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले दिनुभयो ।
मृतक पुनका पति बमबहादुर पुनलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।