कुनै पनि ब्यवसाय सानो हुदैन
पोखरा
किरण श्रेष्ठ
गोर्खा मिलन समाज पोखराका सल्लाहकार , मुद्रण उद्धोग संघ कास्कीका वरिष्ठ उपाध्यक्ष , लायन्स क्लब अफ पोखरा संगमको निवर्तमान अध्यक्ष र रोजिना अफसेट प्रेसका संचालक किरण श्रेष्ठ (गिर बाहादुर) ज्युले आज २०७७/१०/७ गते गोर्खालि रेडियो १०६ मेघाहर्जको प्रस्तुति “योग चर्चा” नामक कार्यक्रममा योग अभ्यासको बारेमा र ब्यापार ब्यवस्थापनका बारेमा कुराकानी गर्नु भयो।
आजको ब्यस्त जीवन शैलीका कारण आल्सय हुने र थकित हुने शरीरलाई योगको माध्यमबाट हर समय फ़ुर्तिलो बनाउन सकिने कुरा बताउनु भयो। बिगत ४ बर्षदेखि योगमा लागेको उनले योगकै माध्यम बाट दैनिक कार्यब्येस्थतालाई सहज बनाउन सकिने र आफू र समाज परिवर्तनमा योगको ठुलो भुमिका रहेको कुरापनी बताउनु भयो। सफल ब्यवसायी श्रेष्ठले कुनै पनि ब्यवसाय सानो नहुने र धैर्यतानै ब्यवसाय सफलताको मुल मन्त्र हो भन्ने कुरा पनि प्रष्ट पार्नु भयो। आफ्ना पुराना दिन सम्झदै रु ३५०० बाट सुरु गरेको आफ्नो ब्यवसाय आजको दिनमा ५ करोड सम्मको भएको सुनाउदै केहि भाबुक हुनु भएको थिए। २५ जाना कामदारलाई रोजगार दिलाएर समाज उथ्थानमा महच्वपुर्ण भुमिका खेल्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको बताउदै समाज सुधारमा लाग्न सबैलाई आव्हान समेत गर्नु भयो।
गोर्खा मिलन समाजका सल्लाहकारकै हैसियतले पोखरामा रहनुभएको सम्पुर्ण गोर्खालीजनलाई यहि १७ गते हुन लागेको २१औ साधरणसभा तथा ११औ अधिबेशनमा भाग लिन निमन्त्रणामा पनि दिनु भएको छ।