नेपाली कांग्रेस नेता होम बहादुर लामीछानेको पत्नी शिव लामीछानेको निधन
पोखरा
पोखरा महानगरपालिका वडा नं ६ निवासी बरिष्ठ समाजसेवी पुर्व वडा अध्यक्ष, नेपाली कांग्रेस अग्रज नेता होम बहादुर लामीछानेको धर्मपत्नी शिव लामीछानेको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा निधन भएको छ । शिव लामिछाने नेपाली कांग्रेसकी भातृ संगठन महिला संघको पुर्व वडा सभापति हुनुहुन्थ्यो साथै उहाँ विभिन्न संघ संस्थामा आवद्ध रहि समाज सेवा गर्दै आउनुभएको थियो ।
आज मंसीर १० गते, विहान ९ बजे उहांकै निवासमा उहाँको पर्थिव शरिरमा नेपाली कांग्रेसका पुर्व आमन्त्रीत केन्द्रीय सदस्य द्धय शुक्रराज शर्मा, रामजी कंवर, पाखेरा महानगरपालिका वडा नं.६ कांग्रेस इकाई सभापति बलराम गिरी, कांग्रेस नेता तथा पुर्व तरुणदल जिल्ला सभापति लक्ष्मी भट्टराई, क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्मा लगाएतले नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान चढाएका थिए ।
आज विहान एक कांग्रेस योद्धा, असल समाज सेवी शिव लामिछानेको निधनप्रति परिवारजन तथा वडा बासीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरी शिव लार्मीछानेको पार्थिव शरिरको सम्मान पूर्वक विदाई गरिएको छ ।