पोखरा घुम्न आएका युवकको मृत्यु
पोखरा
पोखरा घुम्न आएका भारतको आन्ध्र प्रदेशका एक युवकको पोखरामा बिहीबार राति मृत्यु भएको छ ।
काठमाण्डौ स्यमम्भुमा डेरा गरी बस्ने मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययनरत २५ वर्षीय वाई किशोर विल्लीको बिहीबार राति ११:०५ मा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
साथीहरुसँग बिहीबार पोखरा घुम्न आएका विल्ली बिहीबार राति ११.०० बजे बिरामी भएपछि उपचारका लागि पोखराको चरक अस्पताल लगेकोमा चिकित्सकले ११.४५ मा मृत घोषणा गरेको डिएसपी हमालले उल्लेख बताउनुभयो । डिएसपी हमालका अनुसार मेडिकल इन्टर्नशिप गर्ने ९ पुरुष तथा ४ महिला पोखरा घुम्न आएको बेला विल्ली अकस्मात बिरामी परेपछि साथीहरुले हस्पिटल पुर्याएका थिए ।
मृतकले नशालु पदार्थ सेवन गरेको आशंकामा अनुसन्धान अगाडि वढाएको प्रहरीले जनाएको छ ।