अख्तियारका पूर्वआयुक्त पाठक धरौटीमा छुटे
पोखरा
घुसकाण्डका अभियुक्त तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले ७५ लाख धरौटीमा छोडेको छ।
नेपाल बंगलादेश बैंकबाट उक्त धरौटी रकम बराबरको बैंक ग्यारेण्टी बुझाएर पाठक बुधबार छुटेका हुन् । ७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो। आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ।