टुटल र पठाओ कम्पनीमाथी कारबाही सुरु



पोखरा आज
पोखरा, २ माघ ।

हालसालै विवादमा आइरहेको टुटल र पठाओ कम्पनीमाथी कारबाही सुरु गरिएको छ ।
यातायात व्यवसायी र अझ विशेष गरी ट्याक्सी व्यवसायीहरुको उजुरीको आधारमा टुटल, पठाओ जस्ता कम्पनीमाथी सरकारले कारबाही सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयमा व्यवसायीहरुले उजुरी दिएपछि नै कारबाही अभियान सुरु गरिएको हो ।

के हो टुटलः टुटल एउटा मोबाइल एप हो जहाँ निजी क्षेत्रका सवारी, विशेष गरी मोटरसाइकलको प्रयोग छ । टुटलको माध्यमद्वारा सेवा लिनको लागी ग्राहकले टुटल एप डाउनलोड गर्नुपर्छ र उ त्यसपछि टुटलको निगरानीमा हुन्छ । उसले कुन ठाउँबाट ग्राहक लग्यो र कहाँसम्म पुर्यायो भनेर म्यापद्वारा ट्रेस भइरहेको हुन्छ र बिचमा कसैले अपराधिक कार्यमा संलग्न रहेमा थाहा पाउन सजिलो हुन्छ ।

तर सार्वजनिक यातायातका व्यवसायीहरु र मिटर ट्याक्सी व्यवसायीहरुले टुटलले आफ्नो रोजीरोटि खोसेको आरोप लगााई निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिकमा प्रयोग गर्न नदिन माग गरेका छन् भने अर्कातिर टुटलका व्ययसायीहरुले सरकारले एकातिर डिजिटल नेपाल र स्मार्ट सिटी बनाउने कुरा गर्ने तर अर्कोतिर नयाँ प्रविधिमा आधारित सेवालाई बन्द गराउन लागी आफ्नै सिद्धान्त र योजनाअनुसार नमिल्ने भनी चिन्ता व्यक्त गरेका छन् । टुटल व्यवसायीका अनुसार सरकारले प्रविधिको विकाससँगै त्यसअनुसार कानुन बनाउनुपर्ने उनीहरुको धारणा छ । तर सार्वजनिक यातायात व्यसायीहरुले प्रविधिको प्रयोग भनेर मात्र नहुने, कानुनले पनि दिनुपर्यो भनी टुटलको खेद गरेका छन् र अहिले उजुरीकै आधारमा टुटल र पठाओमाथी कारबाही सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja