चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि



पोखरा, १९ असोज

दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ ।
एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् ।
हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ । जब चाडपर्व आउँछ सोही समयमा मूल्यवृद्धि हुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको उपभोक्ता चेतना वलीले बताए। “हामी उपभोक्ता विभिन्न बहानामा ठगिने गरेका छौँ”, उनले भने।

हाल बजारमा चिनीमा प्रतिकेजी पाँच रुपैयाँ , मैदामा १०रुपैयाँ, तेलमा ३० रुपैयाँ सम्म वृद्धि भएको छ । यसअघि प्रतिलिटर १३५ रुपैयाँ पर्ने तोरीको तेल १६५ रुपैयाँ देखि ७० रुपैयाँ सम्म पुगेको छ ।
त्यस्तै मैदा ४५ रुपैयाँ प्रतिकिलोबाट एकाएक बढेर ५५ रुपैयाँ पुगेको व्यवसायी बताउँछन् । “एक दुई दिनमै मूल्य अकासिएको छ, उपभोक्तालाई कसरी बुझाउने समस्या छ”, व्यवसायी हेमराज गौतमले भने। व्यवसायीले आफूहरुले महङ्गो मूल्यमा खरिद गर्नुपरेकाले उपभोक्तालाई पनि सोहीअनुरुप थोरै नाफा खाएर बेच्नुपर्ने बताउँछन् ।
त्यसैगरी जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमहीमा महङ्गीको समस्या देखिएको बताइएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत किराना व्यवसायी उपसमितिका संयोजक जनक रावतले पनि विभिन्न उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको बताउए।

उनले सबैभन्दा धेरै आटा, मैदा, तेलमा मूल्यवृद्धि भएको बताए। तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका कारण मूल्यवृद्धि भएको बताउए।
“यहाँ मूल्यवृद्धि भएको होइन, ठूला व्यवसायी र कारखानाले कृत्रिम अभाव सिर्जना गरेकाले यस्तो समस्या भएको हो”, उनले भने अब छिट्टै बजार अनुगमन गर्ने उनको भनाइ थियो । तर बजारमा हालसम्म पनि अनुगमन नभएको उपभोक्ताले गुनासो गरेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja