मेक्सिकोमा सुरक्षाकर्मीमाथि बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु



पोखरा

उत्तरी मेक्सिकोस्थित राजमार्गमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । “सिभिल फोर्सका कर्मचारीलाई तीन वटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,” नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् ।

दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् । राजमार्गमा भएको उक्त आक्रमणमा लागूऔषध तस्करी गर्ने सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताइएको छ ।

नुएभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा नियमितजसो हिंसात्मक घटना हुँदै आएका छन् । सन् २००६ मा मेक्सिको सरकारले लागूऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा  बढी हत्या, करिब एक लाख जबरजस्ती बेपत्ता पारिका घटना भएका छन् । सरकारले यस्ता घटनामा सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja