भारतको जम्मुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ५५ घाइते



पोखरा

भारतको जम्मु–श्रीनगर राष्ट्रिय राजमार्गमा आज  बिहान एउटा बस गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ५५ जना घाइते भएका छन् ।

शवलाई परीक्षणका निम्ति अस्पताल लगिएको छ ।सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन् । त्यहाँ उद्धारका काम पनि पूरा भएको छ । सबै घाइतेलाई अस्पताल पु¥याइएको छ ।

उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए ।बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ । यसबारे अनुसन्धान गरिने एसएसपी कोहलीले बताए । बसमा बिहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja