मेयर बालेन्द्र साहद्वारा गणतन्त्र दिवस अघोषित बहिष्कार



पोखरा

गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् ।

केही समययता संघीय सरकारसँग असन्तुष्ट रहेका मेयर बालेन कार्यक्रममा अनुपस्थित रहेका छन् । उपमेयर सुनिता डङ्गोल पनि कार्यक्रममा उपस्थीत नभएको बताइएको छ ।

हरेक वर्ष गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । काठमाडौँका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ । तर, यसपालि मेयर साह र उपमेयर सुनिता डङ्गोल दुवै कार्यक्रममा अनुपस्थित रहे । समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja