खुल्ला कायाकिङ प्रतियोगितामा डम्बरले जिते स्वर्ण



पोखरा

प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदक संगै नगद रु ३५ हजार हात पारे । पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद रु २५ हजार हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद रु १५ हजार समेत् पाए ।

प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार र खोटाङका प्रशान्त राई सान्त्वना हुँदै नगद रु ५ हजार प्राप्त गर्न सफल भए । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषदका सदस्य गिरमान गुरुङ, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले बिजेता खेलाडी तथा सहभागिहरुलाई मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताका संयोजक तथा परिषदका सदस्य बसन्तराज दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम भएको थियो । प्रतियोगिता नेपाल ¥याफटिङ तथा क्यानोइङ संघको समन्वयमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja