जिया खान आत्महत्या प्रकरणमा सुरज पञ्चोलीले पाए सफाइ



 

पोखरा

बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विशेष अदालतले शुक्रबार अभिनेता तथा प्रेमी सुरज पञ्चोलीलाई सफाइ दिएको छ ।

फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले फैसलामा भनेको छ, ‘तपाईंविरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाइ दिइन्छ ।’ सुरजमाथि अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो ।जियाले ३ जुन २०१३ मा मुम्बईस्थित फ्ल्याटमा आत्महत्या गरेकी थिइन् । घटनाको १० वर्षपछि अदालतले यस मुद्दामा फैसला सुनाएको हो । जियाकी आमाको उजुरीमा पञ्चोली पक्राउ परेका थिए । उनलाई पछि जमानत दिइएको थियो ।

जियाको घरबाट प्रहरीले ६ पृष्ठको सुसाइड नोट प्राप्त गरेको थियो । जसका अनुसार जिया सुरजसँगको सम्बन्धको कारण निकै दु:खी थिइन् । यसपछि जियाकी आमा राबिया खानले सुरजविरुद्ध मुद्दा दायर गरिन् । सुरज अभिनेता आदित्य पञ्चोली र जरिना वहाबका छोरा हुन् । सुरजकी आमा तथा अभिनेत्री जरिना वहाबले भनिन्, ‘म छोरासँग अदालतमा उपस्थित हुनेछु । यी १० वर्ष मेरो छोराको लागि नर्कजस्तै थिए । जब उसले मलाई हेर्छ, म उसको पीडा महसुस गर्छु । मलाई थाहा छ उनी निर्दोष छन्, तर म केही गर्न सक्दिनँ । मलाई अझै पनि भगवानप्रति भरोसा छ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja