‘नेपाली महिलाका लागि राष्ट्रपति भण्डारीको भूमिका गर्व गर्न लायक छ’



पोखरा

एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र नेपाली महिलाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गर्व गर्न लायक रहेको बताएका छन् । 

११३ औँ अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसर बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको रुपमा भण्डारीले निर्वाह गरेको भूमिका देश र नेपाली महिलाले गर्व गर्न लायक रहेको बताएका हुन् । 

यही २८ फागुनदेखि कार्यकाल सकिन लागेको राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको उनको भनाइ छ । पहिलोपटक कात्तिक २०७२ मा राष्ट्रपति बनेकी एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी हुन् । 

भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja