पाकिस्तानमा विद्यार्थी बोकेको डुङ्गा पल्टिँदा १० जना को मृत्यु 



पोखरा

पाकिस्तानमा पिकनिक गएका विद्यार्थी बोकेको डुङ्गा पल्टिँदा कम्तिमा १० विद्यार्थीको मृत्यु भएको छ ।

घटनामा मृत्यु हुने विद्यार्थीहरु ७ देखि १२ वर्ष बीचका रहेको जनाइएको छ । खैबर पख्तुन प्रान्तस्थित टन्डा तालमा भएको घटनामा थप आठ विद्यार्थी अझै तालमा हराइरहेका छन् भने उद्धार गरिएका सात जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

पिकनिक गएका ५० विद्यार्थीमध्ये आधा विद्यार्थी डुङ्गामा सफरका लागि गएका थिए । हराएका बालबालिकाको खोजीकार्य जारी रहेको छ । आजै पाकिस्तानमा भएको अर्को एक बस दुर्घटनामा ४० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja