फिल्म ‘गुलाबी : एक रङ’ वैशाख १५ गतेदेखि प्रदर्शनमा 



पोखरा

नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ ।

सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो । समुन्द्र भट्ट निर्देशित फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरअनुसार फिल्मका प्रमुख पात्र बनेका नाजिरको पात्र नाम गुलाबी राखिएको छ ।

फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक भट्टले यसअघि रिङरोड र आधापेजजस्ता फिल्म निर्देशन गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja