फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश



पोखरा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।

फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो ।

यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja