कास्की क्षेत्र नं १ (क) बाट पूर्वगृहमन्त्री अधिकारी विजयी



पोखरा

नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारी कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गरे । 

प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसकेका उनी यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लडेका हुन्। विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसकेका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja