सरकारी अनुगमन टोली कालीमाटीभित्रै थुनिए



४ भदौ, पोखरा । सरकारी अनुगमन टोलीलाई कालिमाटी तरकारी बजारका व्यापारी र बिचौलीयाले अनुगमनको विरोध गरी घेरा हालेपछि अनुगमन टोली लामो समयसम्म कालीमाटीमै थुनिएका थिए ।
अनुगमनको विरोधमा व्यापारीहरुले वादविवाद गर्न थालेपछि अनुगमन टोली कालीमाटी बजार बिकास समितीको कार्यलयमा ढोका थुनी बस्न बाध्य भएको थियो ।
त्यसपछि आफुहरु घेराबन्दीमा परेर असुरक्षित भएको भन्दै टोलीले कृषि मन्त्री र प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी बाक्लो मात्रामा परिचालित भए र टोली बजारबाट निस्कन सफल भयो ।
तरकारी उत्पादन क्षेत्रको अनुगमन गरी फर्किएर काठमाण्डौँ आइपुग्दा टोलीले त्यसको मूल्य तेब्बरभन्दा बढि भएको निष्कर्ष निस्केपछि अनुगमनको योजना बनाइएको थियो । योजनाअनुसार, तरकारी लिएर आउने व्यापारीहरुसँग बिलबिजक माग्दा उनीहरुले अनुगमन टोलीलाई नै लखेटेका थिए । सरकारी अधिकारीहरुले तरकारीमा बिचौलिया नियन्त्रणका लागि अनुगमन गर्दा असुरक्षा ब्यहोर्नु परेको भनी जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
त्यसपछि आपूर्ति मन्त्री मात्रीका यादव, वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक लगाएतका उच्च सरकारी अधिकारीहरु तरकारी बजारमा पुगेका थिए र ब्यापारीहरुले बजारको गेट बन्द गरेर अनुगमनको बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja