पहिरोले बेंसीसहर–चामे सडक खण्ड अवरुद्ध



पोखरा

पहिरोले बेंसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको छ। मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँ ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ।

बेंसीशहर नगरपालिका–६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ। पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका–९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको हो।

खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ। मनाङतर्फ म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।

मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja