नेपाल भेटेरिनरी एसोसिएसनको १४ औं सम्मेलन पोखरामा हुने



पोखरा

नेपाल भेटेरिनरी एसोसिएसनको १४ औं सम्मेलन तथा वार्षिक साधारणसभा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ । असार ३ र ४ गते दुई दिन चल्ने कार्यक्रमको उद्घाटन शुक्रबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्दैछन् ।

एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले उद्घाटन समारोह सकिएलगत्तै साधारणसभा सुरु हुने जानकारी दिए ।दोस्रो दिन अनुसन्धानमूलक अध्ययनसम्बन्धी जानकारी तथा प्रस्तुति दिने कार्यक्रम छ । कार्यक्रममा नेपालका पशु चिकित्सकका अलावा श्रीलंका, बंगलादेश र भारतका भेटोरिनरी डाक्टरहरूले समेत प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा एसोसिएसनमा आबद्ध देशभरका भेटेरिनरी चिकित्सक, विदेशी संघ संगठनका शुभेच्छुक, सरोकारवाला गरी ४०० बढीको सहभागी हुने अनुमान गरिएको छ । सार्क देशीय भेटेरिनरी एशोसिएसनको बैठकसमेत पोखरामा हुँदैछ । जसमा ३ देशका प्रतिनिधिहरू उपस्थित हुने र बाँकी देशका प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाउने अध्यक्ष श्रेष्ठले भेट जानकारी दिए ।

नेपाल सरकारले पशुपन्छीसँग सम्बन्धित विभिन्न विषयमा विभिन्न मितिमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर गरेको छ । जसमा सन २०३० सम्ममा रेबिजका साथै खोरेत,पिपिआर लगायत रोग उन्मूलन गर्ने छन । यी प्रतिबद्धताको कार्यान्वयन अवस्थाको समीक्षा र सुधार गर्नुपर्ने विषय सम्मेलनको मूल एजेण्डा रहेको आयोजकले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja