रसुवाको कालिका गाउँपालिकामा कांग्रेस विजयी



पोखरा

रसुवाको कालिका गाउँपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । 

अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत  प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट पौडेलले २ हजार २ मत प्राप्त गरिन् । 

कालिका गाउँपालिकामा ५ वटा वडा छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश न्यौपाने, वडा नम्बर ३ मा नेपाली कांग्रेसकै फणिन्द्रप्रसाद न्यौपाने, वडा नम्बर ४ मा खेसम तामाङ र वडा नम्बर ५ मा नेपाली कांग्रेसकै सन्दिप पौडेल विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja