बाँदरले आशीर्वाद दिन्छ भन्ने अन्धविश्वासमा सर्वसाधारण



पोखरा

सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । पशुपतिनाथ मन्दिर छेउमा रहेको सानो कुटीमा बाँदरबाट मानिसहरुले आशीर्वाद लिइरहेको देखिन्छ । फलामको पिंजडामा थुनिएको बाँदरलाई त्यसको हेरचाह गर्नेले ‘पवन’ नाम दिएका छन् । त्यहाँ जाने सर्वसाधारणले बाँदरलाई पवन अर्थात् देवताको रुपमा लिइरहेका छन् ।

बाँदर हेर्न स-साना बालबालिकादेखि अधवैंसेसम्म छन् । त्यहाँ पुग्ने उनीहरुको एउटै चाहना हुन्छ, बाँदरको आशीर्वाद लिने र भिडियो बनाउने ।

बाँदरको आशीर्वाद लिन बिहान सात बजेदेखि ११ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्मको समयतालिका निर्धारण गरिएको छ । बाँदर थुन्नेहरुले समयतालिका नै टाँसेका छन् । तर बाँदर हेर्ने र आशीर्वाद लिन चाहनेहरुलाई भने समयतालिकाले कुनै असर गर्दैन । बिहानदेखि साँझसम्मै त्यहाँ भीड जम्मा हुन्छ ।

बाँदर भगवान हो र उसले आशीर्वाद दिन्छ भन्ने अन्धविश्वास बोकेर सर्वसाधारण त्यहाँसम्म पुगेका हुन् । एउटा निरीह र अवोध जनावरलाई पिंजडामा थुनेर बन्धक बनाइएको छ र उसको प्रकृतिमा रमाएर बाँच्न पाउने अधिकार खोसिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja