पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुदै



पोखरा

पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुने भएको छ । भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल (पोखरा) र कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म प्रतियोगिता हुनेछ ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको नियमका आधारमा हुने प्रतियोगिताका खेलहरु पोखरा रंगशालामा हुनेछन् । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ताका आह्वान गरिएको छ । 

प्रतियोगितामा सहभागिताका लागि खेलाडीहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भुपू सैनिक खेलाडीहरुले डिस्चार्ज बुक र पेन्सन पट्टाको प्रतिलिपिसहित आयोजकले प्रदान गर्ने फारम भरी फोटोमा अध्यक्षको दस्तखत गरी टिम दर्ता गर्नुपर्ने छ ।

लिगकम नकाउटको आधारमा खेलाईने खेलको एक टिममा दुई किपरसहित १२ जना खेलाडी र एक कोचसहित चैत २५ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ ।

यस्तै, चैत २६ गते ४ बजे पोखरा रंगशाला ह्याण्डबल कोटमा टाइसिट प्रकाशित गरिने संयोजक गुरुङले बताए ।

प्रतियोगिता संयोजक क्या. बीरबहादुर गुरुङका अनुसार प्रथम, द्धित्तीय टिमका साथै बेस्ट प्लेअर, बेस्ट गोलकिपर, प्रतियोगिताको सबैभन्दा जेष्ठ खेलाडीलाई पुरस्कृत गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja