आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोवाटे विकलाई दिने तयारी



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफू मातहत रहेको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोवाटे विश्वकर्मालाई दिने तयारी गरेका छन् । यसका लागि सोमबारको मन्त्रीपरिषद् बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाएको बताइएको छ । 

मन्त्री विकलाई आन्तरिक मामिला मन्त्रालय दिने गरी नियमावली संशोधन गरिएको बताइन्छ । योसंगै गण्डकीमा मन्त्रालयको संख्या १२ पुग्नेछ । गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ । संविधानले कुल प्रदेशसभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ । 

मुख्यमन्त्री पोखरेलले डोवाटेलाई गत असोमा मन्त्री बनाएका थिए । विक दुई महिनादेखि विनाविभागीय मन्त्रीको रुपमा रहँदै आएका छन् । आन्तरिक मामिलालाई प्रदेशको गृह अर्थात शक्तिशाली मन्त्रालयको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja