कास्कीमा हत्या गरेको आरोपमा ३६ वर्षीय युवक पक्राउ



पोखरा

कास्की प्रहरीले बागलुङ नगरपालिका ६ लहरे पिपल घर भई भिक्षा माग्दै हिँड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको आरोपमा बागलुङ नगरपालिका ९ कुवापानीका ३६ वर्षीय अर्जुन बिकलाई पक्राउ गरेको छ । अर्जुनले कास्कीको अन्नपूर्ण गाउँपालिका -१० घान्द्रुक स्थित चिहान घाटमा रहेको ट्रस्ट भित्र आफू सँगै हिँड्ने शिवको हत्या गरी फालेको अवस्थामा शनिबार शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरी एक आपसमा झगडा हुँदा अर्जुनले कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।अर्जुनलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja