विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७४ हजारमा कोरोना संक्रमण



पोखरा

विश्वभर ५ लाख ७४ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् भने ४ लाख ५९ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ९२ हजार ७९, फ्रान्समा ५९ हजार १९, जर्मनीमा ५१ हजार ५९२, बेलायतमा ४५ हजार ६९१, रुसमा ३१ हजार ९६ र टर्कीमा २२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अमेरिकामा ५३ हजार ८३५, जर्मनीमा ५० हजार ३००, बेलायतमा ४१ हजार ५१९, रुसमा ३४ हजार ६१५ र टर्कीमा २४ हजार ३६६ जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा ७ हजार ४४५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३०, रुसमा एक हजार १८२, जर्मनीमा ४४८, ब्राजिलमा २७८, टर्कीमा १९८, बेलायतमा १८०, फ्रान्समा १७२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2022 Pokharaaaja