११औं पोखरा महोत्सव पुस २८ देखि माघ ९ गतेसम्म



पोखरा

गत वर्ष स्थगित ११औं पोखरा महोत्सव युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुस २८ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंहचौरमा हुने भएको छ । 

महोत्सव सम्पन्न गर्न ४१ व्टा उपसमिति गठन तथा सल्लाहकार चयन गरेको छ । सोमबार बसेको क्लवको बैठकले क्लवका अध्यक्ष राजु श्रेष्ठलाई मूल आयोजक समिति संयोजक चयन गरेको छ । 

बैठकले कार्यसम्पादन समिति संयोजकमा क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन समिति संयोजकमा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल र संघसंस्था ब्यवस्थापन संयोजकमा पूर्वअध्यक्ष शुकबहादुर गुरुङलाई चयन गरेको छ ।

यसैगरी सांस्कृतिक समिति संयोजकमा क्लवका प्रथम उपाध्यक्ष लोकबहादुर थापा, सचिवालय व्यवस्थापन समिति संयोजकमा क्लवका द्धितीय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचारप्रसार समिति संयोजकमा क्लवका महासचिव शान्त बहादुर थापा र अर्थ व्यवस्थापन समिति संयोजकमा क्लवका कोषाध्यक्ष सूर्यबहादुर बानिया तोकिएका छन् ।

यस्तै, सुरक्षा व्यवस्थापन समिति संयोजकमा क्लवका सचिव दिनेश सुनार, स्टल व्यवस्थापन समिति संयोजकमा क्लवका सहकोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजाखाना ब्यवस्थापनसमिति संयोजकमा क्लवका सदस्य सीमा गुरुङ, बाल उद्यान समिति संयोजकमा सन्तोष कार्की, ब्यानर ब्यवस्थापन समिति संयोजकमा जयराम आचार्य, अवार्ड तथा मायाको चिनो ब्यवस्थापन समिति संयोजकमा दिवानी सुवेदी, मूलद्धार ब्यवस्थापन समिति संयोजकमा बिष्णु कुमार गुरुङ, टिकट ब्यवस्थापन समिति संयोजकमा पूर्णकुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा चन्द्राकुमारी पराज्ुली र स्वयंसेवक परिचालन समिति संयोजकमा शिव थापा चयन भएको क्लवले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja