बेलायतमा समुदायस्तरमा फैलियो नयाँ भेरियन्ट ओमिक्रोन



पोखरा

बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ ।

एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् ।

पछिल्लो तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा ओमिक्रोनका संक्रमण देखिएको छ ।नयाँ भेरियन्टको असर र अहिले प्रचलित खोपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेको छ ।

भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja