“शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक छ”



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताएका छन् ।

तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको आज २३औँ वार्षिकोत्सव समारोहमा उनले सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गरे।

शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षकलगायतको चासो र चिन्तन आवश्यक रहेकामा मुख्यमन्त्री पोखरेलले जोड दिनुभयो ।

गण्डकीलाई पूर्ण साक्षर घोषणा गरिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताए।

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङलगायतले शिक्षालाई प्राथमिकता राखिएको बताए । सो अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja