मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्क यातायातको व्यवस्था गर्ने निर्णय



पोखरा

लमजुङको मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्क यातायातको व्यवस्था गर्ने भएको छ ।

गाउँपालिकाको ८८औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने नि:शुल्क यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएकाे गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयाे ।

अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनु भयाे ।

गाउँपालिकाले गर्भवती र  प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पतालसम्म पुग्नुपरेमा पनि नि:शुल्क यातायातको व्यवस्था गर्ने जनाएको छ ।

नि:शुल्क यातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनकाे भाडा तिर्न सहयाेग गरिने अध्यक्ष गुरुङले बताउनु भयाे । कम्तीमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गर्न पुकाषेलाई यसअघि पनि सरकारले यातायात खर्च दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja